चितुवाको छालासहित चारजना पक्राउ


४ ओटा ठुलो चितुवाको छाला सहित काठमाडौंको नागढुंगाबाट चारजना पक्राउ परेका छन्।

कपिलवस्तुको सालझण्डीबाट लु. १ च ५०७२ नम्बरको गाडीमा आएका अभियुक्तहरुको साथबाट ४ ओटा ठुलो चितुवाको छाला बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले बताए ।

तेस्तै पक्राउ पर्नेहरुमा स्याङ्जाका सोमराज श्रेष्ठ, कपिलवस्तुका राजन थापा, गोर्खाका सलिम मिया र अर्घाखाँचीका मानबहादुर नेपाली रहेका छन् ।

‘सालझण्डीबाट बिक्रीको लागि बाघको छाला काठमाडौं ल्याएको खुल्न आएको छ’ डिएसपी बोगटीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics