वन्यजन्तुसम्बन्धी सम्मेलनका लागि वनमन्त्री बेलायत

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार राति बेलायत प्रस्थान गरेका छन् ।

सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुँदैछ । आखेटोपार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार हुने गरेकाले सोकार्य रोक्ने उद्देश्यले हुन लागेको यो चौथो सम्मेलन हो ।

सम्मेलनमा एसिया, युरोप र अफ्रिकासहित विभिन्न ५० मुलुकका करिब एक हजार पाँचसय प्रतिनिधि सहभागी हुनेछन् । मन्त्री बस्नेतले बिहीबार सम्मेलनको उदघाटनशत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै शुक्रबार उनले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुख सहभागी हुने निष्कर्ष बैठकमा समेत मन्तव्य दिनेछन् ।

नेपालले यसपटक पनि वन्यजन्तुको अवैध शिकार रोक्न अंगप्रत्यंगका अवैध ओसारपसार नियन्त्रणमा थप कडाई गर्नुपर्ने अडान दोहो¥याउने छ । वन्यजन्तुको अंगप्रत्यंगको अवैध व्यापार विश्वमा हुने चौथो ठूलो अपराधका रूपमा रहेको छ ।

विश्वमा कस्तुरी मृगको विना, गैँडाको खाग, हात्तीको दाह्रा, बाघ तथा चितुवाका छाला, नंग्रा र खप्पर, भालुको पित्त, सालकको खपटा, कृष्णसार, जरायो, चित्तल, घोरल र रतुवाको खप्पर तथा सिङ र स्तनधारी र वन्यजन्तुका रौंको अवैध ओसारपसार हुँदै आएको छ ।

साइटिस सन्धिको पक्षराष्ट्र भएकाले अनुसार त्यस्ता वस्तुको बिक्रीवितरण गर्न नमिल्ने भएका कारण नेपालले चितवनको टिकौली र कसरामा वर्षौंदेखि जम्मा पारेर राखिएका ठूलो परिमाणका आखेटोपार करिब दुई वर्षअघि जलाएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics