चितवनमा तीन महिनामा तीनवटा बाघ मरे



चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तीन महिनामा तीनवटा बाघको मरेका छन् । चालु आर्थिक वर्षको साउन यता यस निकुञ्जमा तीन वटा बाघ मरेका हुन ।

कार्तिक ४ गते निकुञ्जले मृत अवस्थामा एउटा डमरु फेला पारेको थियो ।

डमरुलाई आमाले एक्लै छोडेको समयमा अन्य वन्यजन्तुले आक्रमण गरेको वा भाले बाघले अरु भालेबाट जन्मेको बच्चा मारेको हुनसक्ने अनुमान निकुञ्जको छ ।

साउन १५ र १८ गते निकुञ्जले समातेर आफै पालेको बाघ प्राकृतिक कारण मृत्यु भएको थियो । निकुञ्जले मान्छेलाई आक्रमण गर्ने तीनवटा बाघ समातेर आफै पालेको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जले द्धन्द्धमा आवद्ध तीनवटा बाघलाई नियन्त्रण लिएर कसराको खोरमा राखेको थियो । ढकालले भने, ‘तीनवटामध्य दुईवटा बाघ मरे भने एउटा खोरमा नै छ ।

नियन्त्रणमा लिएको बाघलाई मासु खान दिएर निकुञ्जमा नै पाल्ने र थप अध्ययन अनुसन्धान गर्ने योजना निकुञ्जको छ । द्धन्द्धमा आवद्ध उमेर पुगिसकेका तीनवटा बाघलाई जंगलमा छोडे फेरी पनि आक्रमण गर्न सक्ने सम्भावना भएकोले यसलाई निकुञ्जले आफै पाल्ने गरेको छ ।

दुईवटा बाघ मरे पनि बाँकी एउटाको अध्ययन अनुसन्धान गर्ने निकुञ्जले जनाएको छ । घाँस काट्न जाँदा र निकुञ्ज भित्र बाघको आक्रमण धेरै हुने गरेको छ । बाघ विज्ञ डा. चिरञ्जीवी पोखरेलका अनुसार बाघको उचित आहार र बासस्थान हुने हो भने बाघ बाहिर निस्कदैन जसले गर्दा बाघ र मानव वन्यजन्तुको द्धन्द्ध न्यूनिकरण गर्ने सकिन्छ । उनले भने, ‘बाघको आहारको कमीमा पनि बाघ बाहिर निस्कने गर्छ ।

चालु आर्थिक वर्षमा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । राप्तिदून सामुदायिक वन, शुक्रनगरकी २५ वर्षीया शुशीला डुम्रेर र कान्छी बगई ९ माडी नगरपालिका ५६ वर्षिय जीतबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

पछिल्लो तथ्याकअनुसार नेपालमा बाघको संख्या दुई सय ३५ पुगेको छ । हालैको प्रतिवेदनअनुसार चितवन राष्ट्रिय निकुञ्जमा पाँच वर्षमा २७ बाघ घटेका छन् । सन् २०१३ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २० बाघ थिए । अहिले यस निकुञ्ज क्षेत्रमा ९३ बाघ रहेका छन् ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics