चितवनमा तीन महिनामा ७ गैंडा मरे

चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा सातवटा गैंडा मरेका छन् ।

साउनयता प्राकृतिक कारणले मात्र सात वटा गैँडा मरेका हुन ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार गैंडाको बच्चालाई गोहीले खाएर, जुधेर, भालेले हानेर, दलदलमा फसेर, बुढो भएर र एउटा मृगौला एवं फोक्सोमा खराबी लगायत विभिन्न कारणले गैँडा मरेका हुन्।

चोरी सिकारीबाट भने गैँडा मर्न पाएका छैनन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गत वर्ष यो समयमा बाढीले चार गैँडा मरेका थिए। बाढीले बगाएर भारत र्पुयाएका नौ गैँडाको उद्धार गरी ल्याइएको थियो।

नेपालकै सीमा क्षेत्रबाट बाढीले बगाएको एउटा गैँडा उद्धार गरिएको थियो। गत आर्थिक वर्षमा कालगतिले २६ गैँडा मरेका थिए।

कालगतिका कारण गैंडा मर्ने संख्या बढ्दै गएपछि अहिले चितवनमा अध्ययन सुरु भएको छ। दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिन लागिएको हो ।

पछिल्लो समय प्राकृतिक रुपमा यस निकुञ्जमा धेरै गैंडा मर्ने गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा मात्रैे  २६ वटा गैँडा मरेका  थिए । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैँडाको सबैभन्दा ठूलो वासस्थान हो ।

पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ ।

गैंडा पञ्जामा बिजोर औंला हुने समुहका पाँच वर्तमान प्रजातिहरू मध्येको एक हो। यिनका प्रजातिहरू मध्ये दुई अफ्रिकामा पाइन्छन्। गैंडा एक शाकाहारी जनावर हो। यसको शरीरमा एक मोटो सुरक्षात्मक छाला हुन्छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics