तीन महिनामा ३६ ‘बिग क्याट’ शिकारी पक्राउ

A+ A-



काठमाडौँ महानगरपालिका १७ ढल्कुबाट म्याग्दी रुग्मा गाविसका १८ वर्षीय गिरीप्रकाश रोकालाई भदौं १० गते चितुवाको छालासहित प्रहरीले फेला पार्‍यो ।

गिरीप्रकाश आफ्नो गाउँको ३१ वर्षीय साथीसँग मिलेर वन्यजन्तुको अवैध व्यापारमा संलग्न थिए ।

त्यस्तै  चितुवाको छाला २ थान सहित बागलुङ तमानखोला गाँउपालिका ६ घर भएकी २५ वर्षीय झलक छन्त्याल, २३ वर्षीय देबन्द्र रसाईली  र २३ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई प्रहरी टोलीले कास्की पोखरा लेखनाथ महानगरपालिकामा पक्राउ गर्‍यो ।

ठूलो बिरालो ( हिँउचितुवा,ध्वासेँ चितुवा,चितुवा र बाघ ) प्रजातीको चोरी शिकारी र अवैध व्यापारमा यूवाहरुको संग्लनता बढेको छ ।यूवाहरू वन्यजन्तु अवैध व्यापारमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संग्लन हुने गरेका घटनाहरु बाहिर आएका छन् । संरक्षण गनुपर्ने ठूलो बिरालो प्रजाती अहिले चोरी शिकारी र अवैध व्यापारको कारण संकटमा पदैं गएका छन् ।

चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा ३६ जना व्यतिहरु बिरालो प्रजातीको ओसारपसार र चोरी शिकारको आरोपमा पक्राउ परेका छन् ।चितुवाको छाला, दाह्रा र नङग्रा सहित प्रहरीले ३६ जनालाई पक्राउ गरेको हो । पत्राउ परेका ३६ जनामध्ये अधिकांश यूवा रहेका छन् ।

पछिल्लो तीन महिनामा ठूलो बिरालो प्रजाती चोरी शिकारी र अवैध व्यापारमा संग्लन सबैभन्दा बढि २० देखि २५  वर्षको उमेर समूहका रहेका छन् ।चोरी शिकार र ओसारपसारमा  ८ जना सम्मको समूह संग्लन रहेका देखिन्छ । अधिकांश घटनामा तीनजनाको संलग्नता देखिन्छ ।

कम उमेरमा थोरै समयम धेरै पैसा कमाउने लोभमा वन्यजन्तुको शिकार र अवैध व्यापारमा संलग्न हुने केन्द्रिय अनुसन्धान ब्यूरो अन्तर्गतको वन्यजन्तु अपराध अनुसन्धान शाखाका पिलर प्रमुख अनुपम राणा बताउँछन् ।रोजगारीको अभावमा पैसाका लागि धेरै यूवाहरु चोरी शिकारीमा संग्लन हुन गरेको पाइन्छ । वन्यजन्तु चोरी शिकारीमा संग्लन धेरैजना सजायको बारेमा थाहा नहुने पाएको राणले जानकारी दिए ।

प्रहरीका अनुसार सुराकीको नै आधारमा वन्यजन्तु अपराधीलाई पक्राउ गर्ने गरिएको छ । पछिल्लो तीन महिनामा ध्वासे चितुवाको एउटा, बाघको  छालाको दुईवटा र अन्य चितुवाको छाला प्रहरीले पक्राउ  गरेको छ ।नेपालमा चितुवाको सबैभन्दा बढि मात्रामा चोरी शिकारीमा हुने गरेको पाइन्छ ।

पैसाको लागि रोजगारीको अभावले मानिस जानेर वा नजानेर वन्यजन्तु चोरी शिकारीमा संग्लन हुने गरेको पक्राउ परेकाहरू बताउँछन्।ठूला बिरालो प्रजाति पाइने संरक्षित क्षेत्रमा भने वन्यजन्तु चोरी शिकारी र अवैघ व्यापारमा संलग्न पक्राउ परेको पाइँदैन ।

विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधी घनश्याम गुरुङले वन्यजन्तु अपराध न्यूनिकरणका लागि सरोकारवालाहरू सँग मिलेर समाधान खोज्दै अगाडि बढ्न आवश्यक रहेको बताए । उनले भने,‘देशको सघीय संरचना सँगै अब निवार्चित स्थानीय निकायहरूको क्षमता अभिबृद्धि गरेर जनचेतना कार्यक्रम गर्दै वन्यजन्तुको महत्व बुझाउन पर्छ ।’

नेपालको पर्यटन विकासका लागि वन्यजन्तु निकै महत्वपूर्ण रहेको बताउँदा लगानी बढाएर वन्यजन्तु चोरी शिकारी र अवैध व्यापारमा संग्लनलाई नियन्त्रण गनुपर्ने सुझाव गुरुङको छ ।

सन २०१८  डिसेम्बरमा ठूला बिरालो प्रजाति संकटमा छन् संरक्षण गरौँ  भन्ने नाराको साथ संसारभरी विश्व वन्यजन्तु दिवसको मनाइदै छ।नेपालमा चार किसिमको ठूलो बिरालो प्रजातिहरु पाइन्छ जसमध्ये  हिँउचितुवा , ध्वासे चितुवा, चितुवा र बाघ पाइन्छ।बिरालो प्रजातीको अन्य चार प्रजाती सिंह , चिता,जाँगर र पुमा भने नेपालमा पाइदैनन् ।

जैविक विविधता संरक्षणमा ठूलो बिराला प्रजातिको स्थितिलाई स्वास्थ्य पारिस्थितिकीय प्रणालीका सूचाक मानिन्छ । नेपालमा बाघ तराईमा मात्र पाइन्छ र हाल २ सय हाराहारी रहेको मानिन्छ।चितुवा तराईदेखि पहाडसम्मै पाइन्छ।

यसको संख्या भने यकिन हुनसकेको छैन ।त्यस्तै ध्वाँसे चितुवा पहाडी भू–भागमा पाइन्छ र यसको पनि संख्या यकिन हुनसकेको छैन । हिउँ चितुवा उच्च हिमाली क्षेत्रमा पाइन्छ र यसको संख्या तीनदेखि पाँच सयसम्म रहेको अनुमान छ ।

जमिनमा पाइने पारिस्थितिकीय प्रणालीमा बिराला प्रजातिको स्थान उच्च हुनेहुँदा यिनलाई बचाउन अरू थुपै्र वन्यजन्तु बचाउनुपर्ने हुन्छ । मानवको जीवनलाई जीवन्त राख्न वन्यजन्तुको जीवन पनि जीवन्त राख्नुपर्छ।राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार गैरकानुनी तरिकाले गैँडा, बाघ, हात्ती, कस्तृरी, मृग, ध्वांसे चितुवा वा गौंरीलाई मार्ने, घाइते बनाउने र खरिद गर्न नपाइने उल्लेख छ।

हस्तानान्तरण गरी लिने दिने, गैँडाको खाग वा कस्तुरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य संरक्षित वन्यजन्तुको आखेटोपहार राख्ने खरिद गर्ने वा विक्री गर्ने व्यतिलाई ५ लाख रुपैंयादेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ । साथै ५ वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था गरिएको छ।

यति ठूलो संजाय भोग्नु पर्ने कानूनी व्यवस्था भएपनि मानिसहरू चोरी शिकार जस्ता अपराधमा संग्लग्न हुनु भनेको जैविक विविधता संरक्षण काम गर्ने संस्थाहरूको लागि ठूलो चुनौती हो ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics