तमोरकलीले जन्माइन् पहिलो बच्चा



१५ वर्षीया तमोरकलीबाट कसरामा सोमबार बिहान ४ः३०मा भाले छावाको जन्म भएको छ। तमोरकलीको यो पहिलो बच्चा हो ।

चितवन राष्ट्रिय निकुञ्जको अनुसार आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार तमोरकलीले सोचेको भन्दा पहिला नै बच्चा जन्माएकी हुन । उनेले भने ,‘हामीले गर्भवती भएर बच्चा पाउन तयार भएकालाई प्रजनन केन्द्रमा लाने गरेका थियोैं । तमोरकलीाई एक महिना पछि प्रजनन केन्द्रमा लैजाने सोचमा थियो तर अघि नै बच्चा जन्माइन ।’

चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोतम पाण्डेका अनुसार तमोरकलीले २० महिनामा बच्चा जन्माएकी हुन्। हात्तीले सामान्य २० देखी २२ महिनामा बच्चा जन्माउने गर्छ । तमोरकलीबाट जन्म भएको भाले  छावाको भने अब ११ दिनमा न्वारान गरेर राखिने छ ।

चालु आर्थिक वषामा मात्रै तीन वटा नयाँ छावा जन्म भइसकेको छ। जसमध्ये दुईवटा भाले र एक पोथी रहेका छन् । यस निकुञ्जमा अझै ६ वटा हात्ती गर्भवती रहेका छन् ।

हात्ती प्रजनन तथा तालिम केन्द्रको स्थापना पछि ४८ छावाको जन्म भएको छ। जसमध्ये ४ वटाको मृत्यु भएको छ भने हाल ४३ वटा सकुशल रहेका छन् । हात्ती प्रजनन तथा तालिम केन्द्रमा जन्मेका छावाहरू मध्ये कोशि, पर्सा, शुक्लामा समेत पठाइएको छ ।हात्ती प्रजनन केन्द्र २०४२ सालमा स्थापना गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा अहिले ६० वटा हात्ती रहेका छन् । त्यस्तै हात्ती प्रजनन तथा तालिम केन्द्रमा १९ वटा हात्ती छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा भएका ६० वटा हात्ती मध्ये ५ वटा कोशी वन्यजन्तु आरक्षमा दरबन्दीको हो यसलाई पनि निकुञ्जले नै हेर्ने गरेको छ । बाँकी ५५ वटा हात्ती भने चितवन राष्ट्रिय निकुञ्जको आफ्नै हात्ती हो । हात्ती नेपालमा पाइने सबैभन्दा ठूलो स्तनधारी जनावर हो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics