वन्यजन्तुले घाइते भएकाको उपचार खर्च सरकारले व्यहोर्ने



वन्यजन्तुले घाइते भएकाको सबै उपचार खर्च अब सरकारले गरिदिने निर्णय गरेको छ ।

भर्खरैमात्र मन्त्रीपरिषदबाट वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको तेस्रो संशोधनमा पारित भएसगैं उपचार खर्च सरकारले गरिदिने निर्णय भएको हो ।

मन्त्रीपरिषदबाट वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको तेस्रो संशोधनमा वन्यजन्तुबाट घाइते हुनेलाई औषधी उपचार गर्दा दुई लाख भन्दा बढी खर्च लागे यस्तो अवस्था नजिकको जुनसुकै अस्पतालमा आकस्मिक (ईमरजेन्सी) उपचार गराउँदा वा अस्पतालको सिफारिसमा नेपाल सरकारले व्यहेर्ने निर्णय भएको छ ।

यसभन्दा अघि वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकाको दोस्रो संशोधनमा सख्त घाइतेको प्रकृति हेरी प्रषित कागजात र विशेषज्ञ चिकित्सकको सिफारिसका आधारमा बढीमा रु दुई लाख सम्मको उपचार खर्च दिने व्यवस्था गरिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मन बहादुर खड्काले दुई लाख भन्दा बढि खर्च राहत दिएपछि पीडितलाई सजिलो हुने बताए ।

उनले भने,‘अब नयाँ संशोधनबाट वन्यजन्तु पीडितलाई राहत चाँडो दिन सकिन्छ । पहिला अर्थमन्त्रालयबाट स्वीकृति लिने व्यवस्था थियो भने अब निकुञ्जमा नै पैसा आइसकेको छ । ’

चालु आर्थिक वर्षको लागि १५ करोड रुपैयाँ राहातको लागी निकुञ्जमा आइसकेको खड्काले जानकारी दिए ।

राहत समयमा नपाउँदा वन्यजन्तु पीडितले धेरै समस्या भोग्दै आएका छन् । पछिल्लो समयमा मानव र वन्यजन्तु बीचको द्धन्द्ध बढ्दो अवस्थामा रहेको छ ।

पछिल्ला वर्षहरूमा चितवनमा एकसिंगे गैँडा, बाघ, बर्दिया निकुञ्जमा हात्ती र बाघ, शुक्लाफाटा निकुञ्जमा हात्ती र कोशीटप्पु वन्यजन्तु आरक्षक्षेत्रमा हात्तीको आक्रमणबाट धेरै सर्वसाधारण घाइते बनाएको पाइन्छ ।

मध्य पहाडी क्षेत्रमा चितुवाको आक्रमणबाट धेरै सर्वसाधारणले घाइते र ज्यान गुमाएको विभागको तथ्याङ्कले देखाउँछ । हिमाली क्षेत्रमा हिउँ चितुवाबाट किसानको पशुको क्षती हुने गरेको छ ।

राहात माग निम्न ठाउँबाट गर्न सकिन्छ :












नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics