मन्त्री खनाल र राजदुत शेफरबीच भेतवार्ता



कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल र नेपालका लागि जर्मनी राजदूत रोलान्ड शेफरबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटमा दुई पक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको छ ।

भेटमा राजदुत शेफरले आगामी जनवरीमा हुने कृषि मन्त्रीहरुको ११औं बर्लिन कृषि सम्मेलनमा सहभागिताका लागि मन्त्री खनाललाई निमन्त्रणा दिएका छन् । उक्त सम्मेलन खाद्यन्न र कृषिको लागि विश्व मञ्च र अन्तराष्ट्रिय हरित सप्ताहको संयोजनमा हुन लागेको हो ।

भेटमा राजदुत शेफरले नेपालको राजनीति सवल दिशामा अग्रसर भएको र स्थिर सरकार कायम रहेको भन्दै कृषि पूर्वाधारका क्षेत्रमा सहयोग गर्न तत्पर रहेको बताए ।
जवाफमा मन्त्री खनालले निमन्त्रणाका लागि धन्यवाद दिँदै कुनै सहयोग आवश्यक परेमा जानकारी गराउने बताएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics