झापामा वन मुद्धामा फरार पक्राउ

A+ A-

वन पैदावर मुद्धामा फरार राज कुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

मेचिनगर नगरपालिका – ८ बस्ने ३६ वर्षीय राज कुमार गिरीलाई जिल्ला अदालत झापामा २०७४ साल पौष ११ गते वन पैदावर मुद्धामा पक्राउ गरिएको थियो ।

गिरीलाई वन पैदावर मुद्धामा १ महिना कैद ५८ हजार ५ सय ६० रुपैयाँ जरिवाना सजाय ठहर भएको थियो ।

फरार गिरीलाई सुरकीको सूचनाको आधारमा गत बुधबार प्रहरीले पक्राउ गरिएको हो।

फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics