जलवायु अनुकुलनका लागि विश्व बैंकको दुई सय बिलियन सहयोग

विश्व बैंकले जलवायु अनुकुलनका लागि अति कम विकासित मुलुकहरू (एलडीसी)का लागि दुई सय बिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

विश्व बैंकले २०२१ देखि २०२५ सम्म जलवायु अुनुकुलन र न्यूनिकरणका लागि दुईसय बिलियन अमेरिकी डलर खर्च गर्ने लागेको हो ।

‘जलवायु परिवर्तन विश्वको गरिब र जोखिममा रहेको संख्याको लागि एउटा अस्तित्वको चुनौती नै हो । हामीले घोषणा गरेको नयाँ लक्ष्यले यो विषयलाई हामीले गति गम्भीर रूपमा लिएका छौ भन्ने देखाउँछ ।

त्यसैले जलवायु परिवर्तन विरुद्ध जुध्नको लागि हामीले अबको पाँच वर्षमा दुई सय बिलियन अमेरिकी डलर खर्च गर्ने घोषणा गरेका छौ,’ विश्व बैंक गु्रपका अध्यक्ष जीम योङ किमले भनेका छन् ।

‘हामीले आफूलाई नै बढी भन्दा बढी र छिटो भन्दा छिटो जलवायु परिवर्तनमा केही गर्न उत्प्रेरित गरिरहेका छौ र हामी अन्य अन्तर्राष्ट्रिय समुदायलाई पनि केही गर्न आग्रह गर्दछौ,’ उनले भनेका छन् ।

विश्व वैंकले ३० ओटा अल्पविकसित मुलुकमा जलवायु सूचना प्रणाली र बाढीसम्बन्धी पूर्वसूचना प्रणाली लागू गर्न, ४० मुलुकमा सामाजिक सुरक्षा र २० ओटा मुलुकमा कृषिसम्बन्धी कार्यक्रमका लागि उक्त रकम उपलब्ध गराउने जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics