बर्दियाका बाढीपीडितहरुले सुरु गरे रिले अनसन



बर्दिया ठाकुरबाबा नगरपालिका कार्यालय परिसरमा सोमबरदेखि बाढीपीडितहरु रिले अनसन सुरु गरेका छन् । आफ्ना माग सुनुवाई नभएको भन्दै स्थानीयले अनसन सुरु गरेका हुन ।

२०७१ साल साउनमा आएको बाढिबाट प्रभावित पूर्ण क्षति भएका बाढिपीडितहरुले अझैसम्म पनि घर बनाउने राहत पाएका छैनन् ।नेपाल सरकारले भूकम्प पीडित सरह बाढीपीडितलाई पनि घर बनाउने रकम दिने घोषणा गरे पनि अहिलेसम्म चासो नदिएको भन्दै ठाकुरबाबा नगरपालिकाको बगनाह क्षेत्रका बाढीपीडितहरुले नगरपालिकामा रिले अनसन सुरु गरेको बाढिपीडित संघर्ष समितिका संयोजक हरिप्रसाद लम्सालले जानकारी दिए ।

२०७१ सालमा आएको बाढिबाट पूर्ण रुपमा प्रभावित साविकको बगनाहा, नेउलापुर, शिवपुर र ठाकुरद्धारा गाविस अहिले ठाकुरबाबा नगरपालिका क्षेत्रका ५ सय ८९ बाढीपीडित मध्ये पहिलो चरणमा बगनाह क्षेत्रका बाढिपिडीतहरु रिले अनसनमा बसेको संयोजक लम्सालले बताए ।

आफूहरुको माग संबोधन नभएमा अनिश्चितकालीन रिले अनसन जारी राख्नेसमेत बाढिपीडितहरुले बताएका छन् । दुई साता अघि बाढी प्रभावितहरुले शान्तिपूर्ण आन्दोलनसमेत गरेका थिए ।आफ्नो माग सुनुवाई नभएको भन्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमख समक्ष ज्ञापन पत्रसमेत बुझाएका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics