काठमाण्डौंमा चिसो बढ्यो, पूर्वी र मध्य भागमा वर्षाको सम्भावना

 



बंगालको खाँडी हुँदै उत्तर पश्चिमतिर फैलिरहेको चक्रवात ‘फेथाई’को कारण नेपालमा पनि यसको असर परेको छ ।

काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ । यसको आंशिक प्रभावका कारणले नेपालमा आज र भोलि देशको पूर्वी र मध्ये क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भइ केही भूभागहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरुमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पेथाई नाम दिइएको सो आँधीको प्रभावले सोमबार बिहानदेखि राजधानीसहित देशका पूर्वी भागमा धुम्म बादल लागेको छ। बादल लागेसँगै उपत्यकाको तापक्रम पनि घटेको छ। सोमबार उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरूण पौडेलले जानकारी दिए।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम खालको हिमपात पनि हुनेछ । साथै पश्चिमी क्षेत्रहरुमा आंशिक बदली भई एक दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics