गैंडाको खाग सहित पक्राउ



धादिङमा गैंडाको खाग र कछुवाको खपटासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले लुकाइछिपाई राखेको अवस्थामा गैंडाको खाग एक थान र कछुवाको खपटा एक थान बरामद गरिएको हो।

पक्राउ पर्नेमा धादिङ नीलकण्ठ नगरपालिका – ११ गैरी गाउँका ६१ वर्षीय जिवनाथ बोहरा र ३९ वर्षीय रामबहादुर धमला रहेका छन् ।

बरामद वस्तुसहित प्रहरीले उनीहरूलाई कारबाहीका लागि डिभिजन वन कार्यालय पठाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics