माटोसँग खेल्ने युवा चाहियो : कृषि मन्त्री

A+ A-



कृषि मन्त्री  चक्रपाणी  खनालले माटोसँग खेल्ने युवा देशमा चाहिएको बताएका छन् ।

मंगलवार खुमलटार स्थित नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) मा युवा कृषकलाई दिने आवासीय तालिमको उद्घाटन कार्यक्रममा उनले नेपालमा माटोसँग खेल्ने युवा चाहिएको बताएका हुन । उनले भने, ‘माटोसँग खेल्ने युवालाई पहिचान गरौँ ।’

मन्त्री खनालले युवालाई कृषिमा आकर्षण गर्नेका लागि विभिन्न कार्यक्रमहरू ल्याउने तयारीमा रहेको जानकारी दिए ।

मन्त्रालयले अहिले अनुदानको साटोमा सहुलियतमा २ प्रतिशत सम्म ब्याजमा ऋण दिनका लागि मन्त्रालयमा टिम गठन भएको  उनले  उल्लेख गरे । मन्त्री खनालले सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञानको सिप कृषकलाई दिनुपर्ने सुझाव दिएका छन् । उनले भने,‘ व्यावहारिक ज्ञानको अभावले पनि कृषि फस्टाउन नसकेको  हाे ।’

मन्त्री खनालले ‘उधमी किसान र बेरोजगारी युवाका लागि आवासीय कृषि तालिम कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ ’सार्वजनिक गरेका छन् । उक्त निर्देशिका कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट मङ्सिर १३ गते स्वीकृत भएको थियो ।

वैदेशिक रोजगारीमा जान बाध्य भएका युवाहरू स्वदेशकै निर्माणमा समर्पित हुन सक्छन् भन्ने सम्भावनालाई मध्यनजर गर्दै  उद्यमी किसान र बेरोजगार युवाहरूलाई वैज्ञानिक कृषि प्रविधिबाट प्रशिक्षित बनाउनु पर्ने तथा उद्यमी किसानको मागलाई सम्बोधनका लागि निर्देशिका जारी भएको हो ।

निर्देशिकाको लक्ष्य उद्यमी किसान, बेरोजगार युवाहरू र वैदेशिक रोजगारबाट फर्किएका युवाहरूलाई कृषि प्राविधिक सिप सिकाई दक्ष बनाउने रहेको छ ।

खाद्यान्न तथा नगदे बालीहरू, फलफुल,तरकारी, फुल र मसला बाली, पशु पन्छी पालन, पशु स्वास्थ्य, मिट प्रविधि,कृषि वन ,च्याउ उत्पादन ,माछा पाल्न, खेती प्रणाली, औधोगिक बाली, कृषि यान्त्रिकरण र जैविक र प्रांगारिक प्रविधि आदि आवासीय तालिमका विषय रहेका छन् ।

नार्कले मंगलवार देखी २० जना कृषिमा आबद्ध युवालाई १० दिनसम्म आवासीय तालिम आयोजना गरेका छ । उक्त तालिमका लागि देशभरिबाट आवेदन खुलाएर कृषिमा आबद्ध युवालाई छानिएको आयोजकले बताएको छ । कृषि तालिमका लागि २१ वर्ष देखी ३९ वर्षसम्मका कृषक सहभागी रहेका छन् ।आयोजकका अनुसार सो तालिममा ७० प्रतिशत युवा विदेशबाट फर्केका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics