वन्यजन्तुबाट १७ को मृत्यु, ६५ घाइते



गत आर्थिक वर्ष २०७४ /७४ मा मात्रै वन्यजन्तुको आक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मानव वन्यजन्तु द्धन्द्धको कारणले मृत्यु भएका १७ जना मानिसहरू मध्ये ५ जना मानिसको मृत्यु निकुञ्ज/आरक्षको कोर क्षेत्रभित्र भएको छ भने बाँकी १२ जनाको मृत्यु निकुञ्ज /आरक्ष क्षेत्रमा भएको हो ।

गैँडा, बाघ, जंगली हात्ती, अर्ना र जंगली बँदेल लगायत वन्यजन्तुबाट पछिल्ला समयमा मानिसको मृत्यु तथा घाइते बनाएको पाइन्छ । पछिल्लो समयमा पनि वन्यजन्तुको आक्रमणबाट सर्वसाधारणको मृत्यु हुने क्रम रोकिएको छैन । यसले मानव र वन्यजन्तुबीचको द्धन्द्धको स्थिति झन् गम्भीर बनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क अनुसार वन्यजन्तु आक्रमणबाट सबैभन्दा धेरैको कोशी टप्पु वन्यजन्तु आरक्षमा मुत्यु भएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु आरक्षमा वन्यजन्तुको आक्रमणबाट ७ जनाको मृत्यु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षमा मानव वन्यजन्तुको द्धन्द्धका घटना मुख्यतः जंगली हात्तीको संलग्नमा भएको पाइन्छ ।

त्यसैगरी , चितवन राष्ट्रिय निकुञ्जमा ५ जना र पर्सा राष्ट्रिय निकुञ्जमा ५जनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्जमा जंगली हात्ती,बाघ र चितुवा संलग्न भएका घटनाहरू पाइएकाे छ ।

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा, हात्ती, बाघ र चितुवन जस्ता मानव र वन्यजन्तु द्धन्द्धमा आधारित घटनाहरू भएका छ ।

बाँके राष्ट्रिय निुकञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज,शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, लामटाङ राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज , मकालु राष्ट्रिय निकुञ्जबाट र कृष्णसार संरक्षण क्षेत्र, गौरीशंकर संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्रबाट भने वन्यजन्तुको आक्रमणबाट गत आर्थिक वर्षमा एक जनाको पनि ज्यान गएको छैन ।

आर्थिक वर्ष २०७३ /७४ मा मात्रै वन्यजन्तुको आक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । गत वर्षको तुलनामा वन्यजन्तु आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या भने कम रहेको पाइन्छ ।

घाइते थपिँदै

गत आर्थिक वर्ष २०७४/७५मा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ६५ जना घाइते भएका छन् । ६५ मध्ये ४३ जना सामान्य घाइते र १९जन सख्त घाइते भएका छन् ।

आर्थिक वर्ष २०७३/७४ तुलनामा २२ वटा घाइते बढेका छन् । आर्थिक वर्ष २०७३/७४ वन्यजन्तुको आक्रमणबाट ४३ जना घाइते भएका थिए ।

घाइते हुनेमा सबैभन्दा धेरै चितवन राष्ट्रिय निकुञ्जको रहेका छन् । गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा ३० जना घाइते भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जबाट २जना, लामटाङ राष्ट्रिय निकुञ्जबाट २ जना, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जबाट एक जना र कोशी टप्पु राष्ट्रिय निकुञ्जबाट ९जना घाइते भएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तुको आक्रमणबाट ३ जना घाइते भएका छन् ।

यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाट १० जना र मकालु वरुण राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट २ जना घाइते भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics