पहाडी भेगमा वर्षा हुने

A+ A-


बुधवार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली भई वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार मौसम सामान्यतया सफा रहने पनि पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा देशको पहाडी भूभागमा आंशिक बदलि रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।

बुधवार राति भने पहाडी भेगका एक दुई स्थानमा छिटफुट वर्षा हुनुको साथै हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics