काठमाडौंमा परेवा शिकारी पक्राउ

A+ A-


काठमाडौंमा बुधवार दुई जना परेवा शिकारीलाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धले परेवाको शिकार खेल्दै गरेका काठमाडौं भीमसेन गोलाका नवीनविक्रम शाही र विजयविक्रम शाहीलाई दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।

वृत्तका अनुसार उनीहरुलाई काठमाडौं कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानी क्षेत्रमा शिकार खेल्दै गर्दा १० वटा मृत परेवासहित पक्राउ गरिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics