नदी दोहनले भाटेकोशीको र्‍याफटिङ्गको दूरी घट्यो

A+ A-

भोटेकोशी र सुनकोशी नदीबाट जथाभावी रुपमा ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्दा भोटेकोशिको र्‍याफटिङ्गको दूरी घटेको छ ।

नदी दोहनले भोटेकोशिको र्‍याफटिङ्गका १५ किलोमिटरको र्‍याफटिङ्गका दुरी घटेको हो ।

नदी क्षेत्रको दोहनले खाडीचौर देखि दोलालघाटसम्म करिब १५ किलोमिटरको र्‍याफटिङ्गका दुरी घटेको छ ।

नयाँ पुल देखि दोलालाघाटसम्म गरी करिब ४० किलोमिटरको दुरीमा र्‍याफटिङ्ग गरिन्थयो तर अहिले २५ किलोमिटर मात्र भएको छ ।

नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेका अनुसार नदीमा भएको जथाभावी उत्खननले नदीको धार परिवर्तन भई रोमाञ्चक र्‍याफटिङ्गको अन्तय हुने अवस्थामा पुगेको छ । उनले भने, ‘नदीलाई माया गनुपर्ने हामी सबैको दायित्व हो । प्रकृतिले धनी देश नदी दोहनको कारण अप्राकृतिक भइरहेको छ । ’

अहिले हामीले नदीको संरक्षण नगरे माल पाएर चाल नपाएको देश भनेर आउने पुस्ताले गुनासो गर्ने आलेले उल्लेख गरे ।

नेपाल पर्यटक बोर्डका वरिष्ठ प्रबन्धक लिला बानियाले भोटेकोशीको र्‍याफटिङ्गको विषयमा समयमा नै सजकता अपनाउनु पर्ने आवश्यकता रहेको बताए ।

सिन्धु पर्यटन व्यवसायीले आयोजना गरेको कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले वातावरण मैत्री विकास आवश्यकता रहेको बताए । बस्नेतले जथाभावी नदीमा उत्खनन बन्दै गरेको वातावरण एनमा कडा गरेर उत्खनन हुन नदिने प्रतिबद्धता गरेका छन् ।

सिन्धु पर्यटन व्यवसायी सङ्घले भोटेकोशी र सुनकोशीमा नदीमा विगतमा विदेशी पर्यटकहरूको बाक्लो उपस्थिीति रहेने गरेकोमा केही वर्ष नदीमा बढ्दो प्रदूषणका कारण दिनानुदिन पर्यटक सङ्ख्या घट्दै गइरहेको जनाएको छ ।

मापदण्ड विपरीत संञचालन गरिएको बालुवा प्रशोधन गरिनाले खोला सधैँ धमिलो हुने गरेको छ । बालुवा उत्खनन गर्न जथाभावी ठाउँबाट खोलामा डोजर तथा स्याभेटर लागानिले राजमार्ग भत्कनुका साथै भूक्षय भई रहेको छ ।

सिन्धु पर्यटन व्यवसायी सङ्घका अनुसार विगतमा नयाँ पुलबाट लामो दुरीमा साहसिक जलयात्रा हुने गरेकोमा नदीमा अहिले फोहरमैला मिसाइने, जथाभावी नदीलाई उत्खनन र सिधै ढल हाल्ने गरेको कारण नदीमा प्रदूषण बढ्दै गइरहेको हो ।

स्थानीय बासीले मेयरको छोरानै नदी दोहनमा संलग्न रहेको आरोप छ । यस क्षेत्रमा टेन्डर खेलाएर धमाधम जथाभावी नदी दोहन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics