किन कुटे मन्त्रीले वन सचिव ?

A+ A-




प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटेको विषयमा सोमबार देखि छानविन सुरु भएको छ ।

आइतबार घटनापश्चात आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले छानविन सुरु गरेको हो।

सोमबार टोलीको बैठक बसेर दुवै पक्ष र घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरुसँग बुझ्ने काम सुरु गर्ने टोलीका सदस्य समेत रहेका प्रदेश २ का मुख्यसचिव दीपक सुवेदीले बताए। सुवेदीका अनुसार घटनाको छानविन गरी सात दिनभित्र प्रतिवेदन तयार गरेर बुझाइने छ।

तीन सदस्य छानविन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्यसचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव हरि फुयाल सदस्य छन्।

आइतबार आफ्नो अनुकुलको एनजिओ कार्यक्रमको लागि छनोटमा नपार्दा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाएर कुटपिट गरेका थिए भने घटनापछि आक्रोसमा सचिव झाले पनि मन्त्री यादवलाई तथानाम गाली गरेका थिए।

प्रतिक्रिया दिनुहोस

web
analytics