कृषि अध्ययनका लागि जापानी टोली नेपाल आउने

A+ A-


कृषिमा लगानीको अध्ययनका लागि १९ सदस्सीय जापानी टोली नेपाल नेपाल आउने भएका छन्।

जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयका वैदेशिक मामिलाका उपनिर्देशक ताकामी नकादाको नेतृत्वमा टोली नेपाल आउन लागेको हो । वैदेशिक कृषि र व्यापार तथा नेपालमा लगानीको वातावरण अध्ययन गर्न जापानका सरकारी अधिकारी तथा विज्ञहरू नेपाल आउन लागेका हुन।

कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवसँग नेपालका लागि जापानी राजदूत मासामिचि साइगोले शिष्टाचार भेटवार्तामा १९ सदस्सीय जापानी टोली नेपाल आउने बताएका थिए।

सोमबार मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीच कृषि तथा पशुपन्छीका क्षेत्रमा हुने सहयोग आदान प्रदानका विषयमा छलफल भएको थियो।

माघ ८ गते काठमाडौँ आइपुग्ने टोलीले माघ १० गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद्, नार्क लगायत सँग छलफल गर्नेछ।

भेटमा राजदूत मासामिचिले उच्च प्रविधिमा आधारित फलफुल तथा तरकारी खेती र अर्गा्निक कृषि प्रवर्द्धनमा प्राविधिक सहायता उपलब्ध गराउन जापान तयार रहेको बताए । जवाफमा मन्त्री खनालले उक्त विषयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको जापान भ्रमणका क्रममा पनि छलफल भएको भन्दै थप छलफल गरेर त्यसलाई अघि बढाउन सकिने जानकारी दिए।

त्यस्तै मन्त्री खनालले बजार प्रवर्द्धन, ठुलो स्केलको फलफुल परियोजना, दिगो विकासलाई प्रत्यक्ष सहयोग पुग्ने खालका कृषिजन्य उत्पादन र यान्त्रिकरण तथा नेपाली युवा कृषकलाई कृषि तालिममा जापान पठाउने विषयमा सहयोग गर्न राजदूत मासामिचिसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics