पश्चिमी पहाडी भेगमा वर्षा हुने

A+ A-




बुधवार देशका पश्चिमी पहाडी भेगमा हल्का वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान माहाशाखा अनुसार एक वा दुई स्थानमा हल्का वर्षा हुने जनाएको हो ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनमा देशको पश्चिमी भु-भागमा सामान्य बदली तथा पूर्व र मध्यका पहाडी भूभागमा आंसिक बदली रही र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ ।

त्यस्तै साँझमा भने देशभर मौसम सामान्यतया बदली रहने छ पश्चिमी हिमाली भेगका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics