भूकम्प सुरक्षा दिवस मनाइँदै

A+ A-



बुधबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २१ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।

वि.सं. १९९० माघ २ गते भूकम्प गएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

भूकम्पका कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न जनचेतना फैलाउन र सुरक्षाका उपाय अवलम्बन गर्ने उद्देश्यले २०५५ सालदेखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आएको छ । तर दिवस मनाइरहँदा पनि भूकम्पीय जोखिम न्यूनिकरणका कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पले झण्डै नौ हजार भन्दा धेरैको ज्यान गएको थियो । भूकम्पबाट आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने दुई सयभन्दा धेरैको ज्यान पुरातात्विक सम्पदा भत्किएको थियो । भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत पुननिर्माणको काम प्रभावकारी हुन सकेको छैन ।

नेपाल भुकम्पको जोखिमका हिसाबले विश्वको ११ औँ स्थानमा रहेको छ । नेपालमा हरेक ० देखि १ सय वर्षको अन्तरालमा ६ देखि ८ रेक्टरस्केलको भूकम्प जाने गरेको पाइन्छ । पछिल्लोपटक २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

नेपालको एकतिहाई क्षेत्रफललाई प्रभावित बनाएको यो भूकम्पमा परि झण्डै नौ हजार मानिसले जीवन गुमाए भने आठ लाखभन्दा बढी घर पूर्णरूपमा क्षति भए । त्यतिबेला क्षति भएका घरमध्ये अहिलेसम्म ३ लाख ४ हजार ९ सय ९० घरको पुननिर्माण सम्पन्न भएको छ। विगतमा भूकम्पबाट हुने जनधनको क्षति न्यूनीकरणमा धेरै ध्यान दिएको पाइँदैन ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले सरकार सुरक्षित आवास, विद्यालय, बस्ती हुँदै सुरक्षित देश निर्माणको अभियानमा लागेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics