प्लास्टिकको बोरामा अवैध सामान बरामद

A+ A-



हेटौंडा उपमहानगरपालिका-४ नन्दस्थान रोडस्थित सडकबाट प्लास्टिकको बोरामा अवैध सामान बरामद गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

सात वटा प्लास्टिकको बोरा भित्र विभिन्न साडी, कुर्ता र कोट लगायतका करिब १३ लाख २४ हजार रुपैयाँ बराबरको कपडाहरू फेला पारी मङ्गलवार दिउसो प्रहरीले बरामद गरेको हो ।

सडक किनारमा भन्सार छली तथा चोरी गरी बिक्री वितरण गर्नको लागि कपडा लुकाई छिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त कपडाहरू फेला पारी बरामद गरेका थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

web
analytics