बुधबारदेखि वर्षाको सम्भावना

बुधबारदेखि पश्चिमी वायुका कारण वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुका कारण बुुधबारदेखि वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

मौसमविद् शान्ति कँडेलले बुधवार देखि आउने अर्को नयाँ पश्चिमी वायूले देशैभरी वर्षा र हिमपात हुने सम्भावना रहेको बताइन । उनले भनिन,‘यो प्रणाली अहिले इरानको आकाशमा आइपुगेको छ।’

गत साताको पश्चिमी वायूका प्रभाव नसकिँदै अर्को पश्चिमी वायू नेपाल पसेको थियो। त्यसले शुक्रवार र शनिवार वर्षा गराएको थियो। यसपालि आएको पश्चिमी वायूको यो चौथो प्रणाली हो।

पश्चिमी वायूको प्रभावले पुस २३ गते राजधानीमा यो वर्षको पहिलो हिउँदे वर्षा भएको थियो। ‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ कँडेलले भनिन् ।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ। निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics