डोल्पामा घोरलको पाठी उद्धार



डोल्पामा अन्दाजी ४ महिनाको घोरलको पाठी ठूलीभेरी नगरपालिका वडा.नम्बर ३ दुनैबाट उद्धार गरिएको छ ।

डोल्पाको डिभिजन वन कार्यालयले, जिल्ला प्रहरी कार्यालयको र स्थानीयवासीको प्रयासमा उक्त घोरल उद्धार गरिएको हो ।



उक्त घोरललाई  सोमबार शे–फोक्सुन्डा राष्ट्रिय निकुञ्जमा पठाइएको छ । निमित डिभिजनल वन अधिकृत नर बहादुर क्षेत्रीको अनुसार घोरलको नाकमा चोट लागेको छ ।

आफ्नो वास्थानमा घुलमिल हुन घोरलाई दुई महिनाको समय लाग्ने छ । दुई महिना सम्म शे–फोक्सुन्डा राष्ट्रिय निकुञ्जमा नै घोरलको उपचार गर्ने छ । घोरलाई वास्थानमा घुलमिल हुन सक्ने भएपछि जङ्गलमा छोडिने  डिभिजन वन कार्यालयले जनाएको छ । निरन्तरको हिमपातले उच्च क्षेत्रमा आहारा छोपिएपछि चरणकै लागि वन्यजन्तु यति बेला तल झर्ने गर्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics