बाघको आक्रमणबाट एकजनाको मृत्यु



 

बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

बर्दियाको बढैयाताल गाउँपालिका –२ सितापुर बस्ने ७१ वर्षीय चन्द्रबहादुर शाहीको बाघको आक्रमणबाट मृत्यु भएको छ।

आफ्नै खरबारीमा घाँस काट्न गएको अवस्थामा बाघले आक्रमण गर्दा गम्भीर घाइते भएको उनको नरसिंह होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै बाघको आक्रमणबाट घाइते भएका सोही स्थान बस्ने ३० वर्षीय विजय बुढाक्षेत्रीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics