काठमाडौंमा शनिबारसम्म वर्षा हुने

पश्चिमी वायू प्रणालीको कारण काठमाडौं उपत्यकासहित देशका पश्चिम भेगमा वर्षा भइरहेको छ ।

मौसम विद् समिर श्रेष्ठका अनुसार उच्च हिमाली क्षेत्रमा भारी हिमपात र केही पहाडी भू-भागमा भारी वर्षाको सम्भावना शनिबारसम्म  रहेको छ ।
‘पश्चिमी वायू प्रणाली कहिले र कसरी आउँछ भन्ने एकिन हुँदैन। यसपालि लगालग आइरहेको छ,’ मौसमविद् समीर श्रेष्ठले भने।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, पानी पर्ने र रोकिने क्रम चलिरहे पनि यो प्रणालीको असरले पश्चिम क्षेत्रमा शुक्रबारसम्म पानी पर्नेछ ।

काठमाडौंलगायत देशका पूर्वीभेगमा भने शनिबारसम्मै यसको प्रभावले वर्षा भइरहने मौसमविद् श्रेष्ठ जानकारी दिए ।

सुदूर पश्चिमका जिल्ला दार्चुला, हुम्ला, डोल्पालगायतका स्थानमा भने अहिले हिमपात भइरहेको छ । हिमपातपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics