अन्नपूण क्षेत्र : वन्यजन्तुकाे आक्रमणबाट २८ घरपालुवा जनावर मरे


अन्नपूर्ण संरक्षण क्षेत्रमा विभिन्न वन्यजन्तुकाे आक्रमणबाट २८ वटा घरपालुवा जनावर मारिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विभिन्न वन्यजन्तुको आक्रमण बाट २८ वटा घरपालुवा जनावर मारिएको हो ।

हिउँचितुवा र चितुवको आक्रमणबाट यस क्षेत्रमा धेरै घरपालुवा जनावर मारिएको पाहिएको छ ।

लमजुङको भुजुङमा चितुवाको आक्रमणबाट ८वटा बाख्रा मरेका छन् । त्यस्तै कास्कीको धान्दुकमा चितुवाको आक्रमणबाट ४वटा बाख्राको र दुईवटा भैसीको मृत्यु भएको छ । कास्कीको ल्वाङमा चितुवाको आक्रमणबाट दुईवटा भैसी र एउटा गोरी मरेका छन्।

कास्कीको सिक्लेसमा चितुवाको आक्रमणबाट दुईवटा बाख्रा र एउटा भैसी मरेका छन्।

मुस्ताङको लोमान्थाङमा लिंक्स/व्वाँसोको आक्रमणबाट एउटा च्याङग्रा र घोडाको मरेका छन्। त्यस्तै, हिउँ चितुवाको आक्रमणबाट मनाङमा ६ वटा चौरी मरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका  सूचना अधिकारी ऋषि बरालका अनुसार वन्यजन्तुले आफ्नो जीविकापार्जनका लागि स्थानीयले पालेको वस्तु मारिदिए पछि आर्थिक रूपमा भार भएको गुनासोहरु कार्यलयमा आउने गरेको जानकारी दिए ।  राहत समयमा नपाएकोले स्थानीय चिन्तित भएको पाइने बरालले  बताए ।

वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका,२०६९ अनुसार पशुधनको क्षति बाघ, चितुवा,हिउँ चितुवा,ध्वासे चितुवा,ब्वाँसो ,जंगली कुकुर र मगर गोहीका राहत पाउने व्यवस्था गरिएको छ ।

शाहाकारी वन्यजन्तुले पशुधनको नोक्सान नपुराउने बहेको हुँदा त्यस्ता वन्यजन्तु जस्तो हात्ती,गैंडा,भालु, जंगली बंदेल ,अर्ना, अजिंगर र गौंरीगाईको भने राहत नपाउने व्यवस्था छ ।

मानव र वन्यजन्तु बिचको द्धन्द्ध पछिल्लो समयमा यस क्षेत्रमा बढ्दो पाहिएको छ ।

सन् १९८६ मा परीक्षणका रूपमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट सुरु भई औपचारिक रूपमा १९९३ मा धौलागिरि अञ्चलका  म्याग्दी, मुस्ताङ,     गण्डकी  अञ्चलका मनाङ, लमजुङ र कास्की गरी पाँच जिल्लाका ५७ गाविसमा अन्नपूर्ण संरक्षण क्षेत्र विस्तार भएको हो ।

सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जिम्मा दिएको छ । यस क्षेत्रले ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics