अबैध रूपमा जडीबुटी लुकाईछिपाई राख्ने पक्राउ


बझाङमा जयपृथ्वी नगरपालिका १० चैनपुरबाट अबैध रूपमा जडीबुटी लुकाईछिपाई राख्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

दार्चुला अपि हिमाल गाउँपालिका ४ बस्ने ४८ वर्षीय शेरसिंह धामीलाई सेतक चिनी (खिरैला) ७ सय १५ किलो सहित प्रहरीले पक्राउ गरेको हो।

अवैध रूपमा जडिबुटी लुकाईछिपाई राखेको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चैनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी पक्राउ गरेको थियो ।

पक्राउ धामीलाई प्रहरीले आवश्यक कारबाहीको लागि डिभिजन बन कार्यालय बझाङ बुझाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics