सप्तरीमा चितुवाको आक्रमणबाट पाँचजना घाइते

सप्तरीमा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।

बुधबार कंचनरुप नगरपालिका १२ स्थित जंगल क्षेत्रबाट आएको चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा कंचनरुप नगरपालिका १० भोडहका राजवती देवी चौधरी, भरत चौधरी, हिरानन्द चौधरी, महावती चौधरी, र सत्य नारायण चौधरी छन् ।
घाइतेमध्ये राजवतीदेवीको स्थानीय अस्पतालमा तथा बाँकीलाई थप उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कंचनपुर तथा कोशी टप्पु बन्यजन्तु आरक्ष पथरी सप्तरी पोष्टबाट रेन्जरको टोलीले घाइते अवस्थाको चितुवालाई स्थानीयको सहयोगमा जालले छोपी नियन्त्रणमा लिइएको थियो ।

चितुवालाई उपचारको लागि कोशी टप्पु बन्यजन्तु आरक्षको कार्यालय कुशाहा सुनसरी लगिएको प्रहरीले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics