‘द जेनेरेशन ग्रिन’ वार्षिकोत्सवसँगै एप्लिकेशन सार्वजनिक

डब्लु डब्लु एफ नेपालले ‘द जेनेरेशन ग्रिन’ को पाचौँ वार्षिकोत्सव मनाएको छ। सोही उपलक्ष्यमा ‘द जेनेरेशन ग्रिन’ को एप्लिकेशन पनि सार्वजनिक गरिएको छ। ‘द जेनेरेशन ग्रिन’ प्रकृति संरक्षणमा केन्द्रित युवाहरुका लागि तयार पारिएको मञ्च हो।

पाँच वर्षको अवधिमा ‘द जेनेरेशन ग्रिन’ मा पचपन्न हजार सक्रिय सदस्यहरु र दुई लाख पचास हजार इको–क्लब सदस्यहरु रहेका छन्।‘द जेनेरेशन ग्रिन’ को एप्लिकेशन दिगो जिवनशैली विषयक नेपालकै पहिलो एप्लिकेशन भएको मानिएको छ ।

शिक्षा, खोज तथा सशक्तिकरणलाई आफ्नो प्रमुख तीन स्तम्भका रुपमा लिएको यस एप्लिकेशनद्वारा युवाहरुमाझ वन्यजन्तु तथा जैविक विविधताका विभिन्न पक्षहरुलाई आकर्षक तथा अन्तत्र्रिmयात्मक ढंगले प्रस्तुत गरी त्यस मार्फत उनीहरुलाई प्रोत्साहनका साथै उनीहरुले स्वतन्त्र रुपमा अघि बढाउन सक्ने विभिन्न आयोजनाहरु प्रदान गरिनेछ ।

यस एप्लिकेशनले डब्लु डब्लु एफले आगामी दिनमा युवाहरुसँग मिलेर गर्ने हरेक कृयाकलापको आधारशिलाको रुपमा काम गर्नेछ । प्रकृति संरक्षण साथै एप्लिकेशनको प्रबर्धनका लागि पैरवीकर्ता तथा प्रभावशाली व्यक्तिहरुलाई व्यापक रुपमा प्रयोग गरिने जनाइएको छ ।

सो कार्यक्रममा कुरा गर्दै डब्लु डब्लु एफ नेपालका राष्ट्रिय प्रतिनिधि डा. घनश्याम गुरुङ्गले भने, “द जेनेरेशन ग्रिन’ डब्लु डब्लु एफ नेपालद्वारा संरक्षण शिक्षामा गरिने कार्यहरुको एक महत्वपूर्ण पाटो रहेको छ र आगामी दिनमा अघि बढी पाँच लाख युवाहरुलाई संरक्षणसँग सम्बन्धित कृयाकलापहरुमा सहभागी गराउने हाम्रो लक्ष्यमा पुग्न यसले अहम भूमिका निर्वाह गर्नेछ । यसका माध्यमबाट वातावरणका मूल्यहरुलाई ध्यानमा राखी मानिसहरुले प्रकृतिसँग सौहार्दपूर्ण रुपमा बाँच्न सक्ने भविष्य निर्माण गर्नका लागि प्रभाव पार्न सक्ने तथा ठोस कदम चाल्न सक्ने दक्ष तथा सशक्त पुस्ता निर्माण गर्न मद्दत मिल्नेछ भन्ने आशा राखेका छौँ ।”

‘द जेनेरेशन ग्रिन’ का एक सल्लाहकार सासंद  गगन थापाले यस अभियान तथा यसमा सँलग्न युवाहरुसँगको सहकार्यताले विकासका विभिन्न विषयहरुलाई भिन्न ढंगले हेर्न मद्दत मिलेको  बताए ।

उक्त कार्यक्रममा विगतका सिकाइ तथा हालका प्रयासहरुलाई ध्यानमा राखी भविष्यका लागि अवधारणा तथा सुझावहरु संकलन गरियो। कार्यक्रममा प्रतिनिधि सभाका माननीय सांसद श्री गगन थापा, श्री अनिल चित्रकार, डा. अरुना उप्रेती, पूर्व मिसनेपालहरु सदिक्षा श्रेष्ठ तथा ईशानी श्रेष्ठसहित करिब पचासजनाको सहभागिता थियो।

साथै विभिन्न संस्थाका प्रमुखहरु, डब्लु डब्लु एफ नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरु तथा ‘द जेनेरेशन ग्रिन’ का सदस्यहरु पनि उक्त कार्यक्रममा सहभागी थिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics