अन्नपूर्ण क्षेत्र : ५ मुद्दा दायर



अन्नपूर्ण संरक्षण क्षेत्रमा चालु आर्थिक वर्षकाे पहिलो चौमासिक (साउन देखि कार्तिक सम्म) मा पाँच वटा मुद्दा दायर भएको छ । बालुवा,निरमसी जडिबृटी र काठ कटान अभियोगमा मुद्दा दायर भएको हो ।

अवैध रूपमा जडिबृटी संक्लन देखि काठ कटान संलग्न एक जना देखी ४जनाको समूहमा मिलेर गरेको पाइएको छ । ५ वटा मुद्दामा १३ जना पक्राउ परेका अन्नपूर्ण संरक्षण क्षेत्र सम्र्पक कार्यालयको सूचना अधिकारी दयाराम पाण्डेले बताए ।

यो आर्थिक वर्षको साउन तीन गते पहिलो मुद्दा जडिबुटी सतुवा सम्बन्धी दायर भएकोे थियो ।जारी भएका मुद्दा मध्ये दुईवटा मुद्दा फैसला भएको छ भने तीनवटा मुद्दा फैसला हुन बाँकी छ। अवैधरुपमा निरमसी सङ्कलन र बालुवा ओसारपसारकोे मुद्दा फैसला भएका छ ।

फैसला भएका मुद्दाहरुमा प्रत्येकले ६ हजार सम्म जरिवाना तिरेर छुटेको र बाँकी धरौटीमा छुटेको सूचना अधिकारी पाण्डेले जानकारी दिए ।

पछिल्ला दिनमा मानिसहरू जानेर वा नजानेर प्राकृतिक सम्बन्धी अवैध कार्य गरेको पाइन्छ । जनचेतनाका कार्यक्रम स्थानीय समूूदायमा धरै भन्दा धेरै फैलाएमा यस्ता कार्य कम हुन सहयोग मिल्ने सरोकारवालहरूको विश्वास छ ।

सन् १९८६ मा परीक्षणका रूपमा कास्कीको पर्यटकीय गाउँ घान्द्रुकबाट सुरु भई औपचारिक रूपमा १९९३ मा धौलागिरि अञ्चलका  म्याग्दी, मुस्ताङ, गण्डकी  अञ्चलका मनाङ, लमजुङ र कास्की गरी पाँच जिल्लाका ५७ गाविसमा अन्नपूर्ण संरक्षण क्षेत्र विस्तार भएको हो ।

सरकारले अन्नपूर्ण संरक्षण क्षेत्रको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषलाई जिम्मा दिएको छ । यस क्षेत्रले ७ हजार ६ सय २९ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics