बाँकेमा २ सय ३१ जनालाई राहत

बाँके राष्ट्रिय निकुञ्जको  मध्यवर्ती  क्षेत्रमा २ सय ३१ जना वन्यजन्तु बाट पीडितले राहत पाएका छन् ।बाँके राष्ट्रिय निकुञ्जका अनुसार चालु आर्थिक वर्षमा २ सय ३१ जना वन्यजन्तु पीडित परिवारले राहत पाएका हुन । सो बापत १६ लाख १० हजार ३ सय ५० रुपैयाँ राहत वितरण गरिएको छ ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले भने,‘ २ सय ३१ मध्ये ३६ जना  अघिल्लो वर्षाकाे  वन्यजन्तु पीडित हुन। निकुञ्जले अघिल्लो वर्ष रकमको अभावले राहत दिन सकेको थिएन । १ सय ९५ जन भने यो आर्थिक वर्षको पीडितले राहत पाएका हुन ।’

यस क्षेत्रमा सबैभन्दा धेरै बँदेलले क्षती हुने गरेको  निकुञ्जले जनाएको छ । बँदेल पछि हात्ती र चितुवाको कारण यस क्षेत्रमा क्षती हुने गरेको तथाङक छ ।

मानवीय क्षतिको घटना यो आर्थिक वर्ष ४ वटा रहेका छन् । बँदेलको आक्रमणबाट ४ जना घाइते भएको सूचना अधिकारी थपलियाले बताए । हात्तीले वाली नालीमा क्षती गरेको पाइएको छ भने चितुवाले घरपालुवा जनावर बाख्रा लगायतका जन्तु खाइदिने गरेको छ ।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते मध्य पश्चिमाञ्चल विकास क्षेत्रको बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटी नेपालको दसौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।

यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ ।

यो निकुञ्ज पाटेबाघ र हात्तीको महत्त्वपूर्ण वासस्थानको रूपमा रहेको छ । निकुञ्ज भित्र वन्यजन्तु आवतजावतमा अप्ठेरो पर्ने महादेवपुरी दयततभिलभअप क्षेत्र पनि पर्दछ ।

यहाँ जैविक विविधताको दृष्टिले ८ वटा इकोसिस्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारीहरू, ३०० भन्दा बढी प्रकारका चराको प्रजातिहरू, ५८ प्रजातिका माछाहरू, २२ सरीसृप तथा ६ प्रकारका उभयचरहरू पाइन्छन् ।

यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा संकटापन्न स्तनधारीहरू र ५० प्रजातिका अन्तर्राष्ट्रिय स्तरमै दुर्लभ चराहरू रेकर्ड गरिएका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग कि.मि. क्षेत्रलाई समेटेर निकुञ्जसँगै यसको मध्यवर्ती क्षेत्रको पनि घोषणा भएको थियो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics