लोप हुँदै पुतली



नेपालबाट विभिन्न १० प्रजातिका पुतली लोप हुने अवस्थामा पुगेका छन् । आजको नयाँ पत्रिकामा वीरेन्द्र ओली लेख्छन् बदलिँदो मौसम र संरक्षण अभावमा पुतली लोप हुन थालेका हुन् । ठूला जीव संरक्षणमा मात्र सबैको ध्यान गए पनि साना तथा आकर्षक देखिने पुतलीको संरक्षणमा कसैको ध्यान जान सकेको छैन ।

नेपालमा कुल ६ सय ६० प्रजातिका पुतली पाइन्छन् । जसमध्ये १० प्रजातिका पुतली लोप हुने अवस्थामा पुगेको पुतलीविज्ञ कोलिन स्मिथले बताए । ८० वर्षीय कोलिन बेलायती नागरिक भए पनि नेपालमा पुतलीको विषयमा ०२३ सालदेखि निरन्तर खोज अनुसन्धान गरिरहेका छन् ।

विश्वमा १७ हजार ८ सय ७० प्रजातिका पुतली पाइन्छन् । पुतलीजस्तो सुन्दर जीव संरक्षणमा सबै लाग्नुपर्ने कोलिन बताउँछन् । नेपालका कैजर आइहिन र कमन बर्ड इन गरी दुई प्रजातिका पुतली साइटिसमा सूचीकृत भएका छन् । नेपालमा सबैभन्दा धेरै पुतली संखुवासभाको अरुण उपत्यका र अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ ।

विज्ञहरुका अनुसार नेपालबाट लोप हुने अवस्थमा रहेका पुतलीका नाम अधिकांश विदेशी छन् । लोप हुने अवस्थामा पुगेका पुतलीहरूमा काइजर आइ हिन, कृष्ण पिकक, लडाखक्लाउँडेड पिकक र भार्निसेड अपोलो रहेका छन् । त्यसैगरी, ग्रेड हकिस्टिक सेलर, ब्लयुडिचेस, स्कार्स साइरेन, नेप्लिज वाल, म्याजिप क्रो र लिडरडेल्स डाउनप्लाई रहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics