मंगलबार सम्म देश भर वर्षा हुने


आइतबार पश्चिमी पहाडी भूभागमा सामान्य देखि पूर्ण बदली भई केही स्थानमा मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको छ ।

नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव अझै केही दिन देखिने भएको छ । यसको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको अनुसार पश्चिमी पहाडी भूभागका थोरै स्थानमा र मध्य र पूर्वी पहाडी भूभागका एक दुई स्थानहरूमा मेघगर्जन सहितको हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको छ।

आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरूमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics