काठ तस्कर फरार


सिराहामा लुकाई छिपाई राखेको काठ प्रहरीले बरामद गरेको छ । बरामद गरेको काठ जिल्ला वन कार्यालय लहानमा बुझाइएको भएपनिे काठ तस्कर भने फरार रहेको प्रहरीले जनाएको छ।

लहान नगरपालिका १८ सोभापुरस्थित स्माईल मियाको घरबाट गोठमा लुकाईछिपाई राखेको करिब ३० किबि काठ प्रहरीले बरामद गरेको हो।

बरामद काठ मध्य सालको काठ २९ थान, मुरकुटको काठ २ थान, अस्माको काठ ९ थान, सती सालको काठ १ थान र सिसौको काठ ६ थान गरी करिब ३० किबि काठ रहेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले मियाको गोठमा लुकाईछिपाई राखेको उक्त काठ फेला पारी बरामद गरेको थियो।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics