मनाङमा हिमपातले मर्न थाले चौँरी



मनाङमा निरन्तर परेको हिपातले चौंरी मर्न थाले पछि किसान चिन्तित बनेका छन् ।

जिल्लामा रहेका कतिपय चौंरीगोठ हिउँले पुरिएका छन् भने हिमपात खप्न नसकेर भाग्ने क्रममा पति उत्तिकै चौंरी मरेका छन् ।

जिल्लाभरि करीब एक हजार ५०० देखि दुई हजार सङ्ख्यामा रहेका चौँरी के–कति कस्तो अवस्थामा छन् भन्ने यकिन तथ्याङ्क भने आएको छैन ।

तल्लो भेगका चामे गाउँपालिका र नासों गाउँपालिकामा ४०० जति चौँरी बेपत्ता भएको र ६० भन्दा बढी मरेको चौँरीपालक सुरेश थकालीले बताए ।उनका अनुसार नासों गाउँपालिकामा
रहेको नाचेगाउँका बलबहादुर गुरुङ र काशीराम गुरुङको गोठबाट २०० चौँरी हराएका छन् । तिनीहरुको खोजीकार्य जारी रहेको छ ।

त्यस्तै तिमाङको वनमा रहेको पासाङ लामाको ३५ चौँरी तथा तिल्चेको लेकबाट ङिमाओङ्गेल पुनेल र धर्मजङ गुरुङको ६० चौँरीको अवस्था अज्ञात रहेको थकालीले बताए ।

‘एउटा चौंरीको रु एक लाख २० हजारभन्दा बढी मूल्य पर्दछ, केही गरौँला भनी पुख्र्यौली पेशा अँगालेका हौं, खै दैव लागेपछि कसको के लाग्दोरहेछ ?’ स्थानीय धनबहादुर गुरुङले भने ।

चौँरीपालक किसानका अनुसार हिमपातले करोडौँभन्दा बढी नोक्सान पुर्याएको छ । हराएका चौँरीको नामोनिसान भेट्टाउन सकिएको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics