जरायोको सिङ सहित पक्राउ




ललितपुर महानगरपालिका बाट एक थान जरायोको सिङ सहित प्रहरीले एक जनालाई प्रकाउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका ३ च्यासलस्थित डेरा गरी बस्ने कन्ज्योसोम गाउँपालिका २ शंखु का २७ वर्षीय गोकुल बिक रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले गोकुलको डेरा कोठामा तलासी गर्दा उक्त जरायोको सिङ फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics