चितुवाको आक्रमणबाट एक जना घाइते

A+ A-


कैलालीको टीकापुरमा चितुवाको आक्रमणबाट एक प्रहरी जवान घाइते भएका छन्।

टीकापुरमा रहेको खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिकै चितुवाले आक्रमण गर्दा इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी जवान देवीभक्त धिताल घाइते भएका हुन्।

उनको घाँटीको अघि र पछि, हात र ढाडमा गरी चार ठाउँमा चोट लागेको र टीकापुर अस्पतालमा उपचार भइरहेको डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics