कस्तुरीको बिना सहित २ जना पक्राउ


काठमाडौँ महानगरपालिका बाट कस्तुरीको बिना २ थान र पाँचऔंले जडीबुटी १ थान सहित दुई जनालाई प्रहरीले प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १६ नयाँ बजार बस्ने २६ वर्षीय आश्विन श्रेष्ठ र २४ वर्षीय सुजन खड्का रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले नयाँ बजार स्थित योग होटेलमा शंकास्पद अवस्थामा बसिरहेका उनीहरूको झोला बाट २ थान कस्तुरीको बिना, पाँचऔंले जडीबुटी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics