बाघको छाला सहित पक्राउ


गुल्मीमा बाघको छाला सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालीगण्डकी गाउँपालिका १ बकेवा बस्ने ६० वर्षीय बालकृष्ण पाण्डे रहेका छन्।

प्रहरी चौकी पूर्तिमघाटबाट खटिएको प्रहरीले उनको घरमा १ मिटर लम्बाई र आधा मिटर चौडाई भएको उक्त बाघको छाला सहित फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics