मेलम्चीको पानी काठमाडौंमा कहिले आउँला ?

आज मार्च २२ अन्र्ताराष्ट्रिय पानी दिवस । विश्वभर नै विभिन्न कार्यक्रम गरेर पानी दिवस मनाइँदै छ। पानी दिवसको यस वर्षको नारा ‘कसैलाई पनि पछाडि नछोडौं’ रहेको छ।

सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले मार्च २२ तारिखलाई विश्व पानी दिवसको रुपमा घोषणा गरेयता हरेक वर्ष यो दिवस मनाउने गरिएको हो।

मेलम्चीको पानी काठमाडौंमा कहिले आउँला ?यो आम जनचासोको विषय र प्रश्न रहेको छ । मेलम्चीका इन्जिनियर राम झी लामिछानेले मेलम्चीको पानी यति समयमा आउने भन्न सक्ने अवस्था नभएको बताए । तर मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको इटालियन कम्पनी सीएमसी कम्पनी फर्केर पछिल्लो समय गरेको जसरी काम गरेभने ४ महिनामा काठमाडौंमा पानी आउने सम्भव रहेकोे उनले बताए ।

काठमाडौंवासीले मेलम्ची खानेपानीको प्रतिक्षामा १८ वर्ष बिताइसके। सो खानेपानी आयोजना निर्माण कार्य सन् २००१ देखि सुरू भएको थियो। काम सकिएसँगै उपत्यकावासीले सहजरूपमा खानेपानी पाउने छन्।

हेरौं तस्बिरमा मेलम्चीको पछिल्लो अपडेट :























सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics