डोल्पामा हिउँचितुवाको आतंक



डोल्पामा हिउँचितुवाले १० वटा वस्तु मारेको छ । ठूली भेरी नगरपालिका वडा नम्बर २ लोचामा राम बहादुर बुढाको हिउँचितुवाले खोरमा नै गएर वस्तु मारेको हो ।



दुईवटा बोका, दुईवटा बाख्रा र छ वटा भेडा गरेर १० वटा हिउँचितुवाले खोरमा खाइदिएको थियो ।



निमित्त डिभिजनल वन अधिकृत नल बहादुर क्षेत्रीको अनुसार यो आर्थिक वर्षमा हिउँचितुवाले यसरी आक्रमण गरेको यो नै पहिलो घटना रहेको जानकारी दिए ।

वन्यजन्तुबाट हुने राहत सहयोग निर्देशिका २०६९ अनुसार एउटा भेडा वा बाख्रा क्षतीको राहत सरकारले बढीमा १० हजार सम्म पाउने व्यवस्था रहेको छ ।

डिभिजनल वन कार्यालय अनुसार राम बहादुरको राहतको लागि पक्रिया अगाडि बढेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics