शिवपुरीमा बँदेलको आतंक (भिडियो सहित)

शिवपुरीमा बँदेलको आतंकले स्थानीय बासिन्दा पीडित भएका छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका अनुसार यस क्षेत्रमा पछिल्लो समय सबैभन्दा धेरै क्षती बँदेलले गरेको पाइएको छ ।

शिवपुरी गोकर्णेश्वर वडा १ का कृष्ण प्रसाद ढकाले भने, ‘बँदेलले सबैभन्दा धेरै दुख दिन गरेको छ । खेती किसानी गर्न जागर नै हराइसकेको छ। जति दुख गरे पनि बालीनाली सबै नष्ट गरिदिन्छ । ’

कृष्ण प्रसादमात्र नभएर बँदेलले स्थानीय बासीको मकै, गहुँ र धानमा र तोरीमा नोक्सानी गरेको स्थानीय बासीको गुनासो छ ।स्थानीय हरि बहादुर भण्डारीले बँदेलको कारण गाँउनै विस्थापित हुने अवस्था सिर्जना भइसकेको नेचर खबरलाई बताए ।



स्थानीयका अनुसार बँदेलले मकैमा सबैभन्दा धेरै क्षती गरेको छ । एकैपटक २५ वटा सम्म बँदेल सँगै आएर नोक्सानी गरिदिने स्थानीयले बताए । स्थानीयबासिन्दा अहिले ‘बँदेलले गर्दा वालीनाली लगाउने कि नलगाउने ? दोधारामा रहेका छन् ।

सोही स्थानकी संचमाला तामाङले भनिन,‘फेरी सरकारले जग्गा बाझो राख्न नपाउने नीति ल्याएको छ जसरी हामीलाई दुख दिने नीति छ सरकारको ।’
स्थानीय आफ्नो सरकारले राहत दिनुको साट्टोमा वन्यजन्तुले क्षती नगर्ने बनाउनुपर्ने उनीहरूको सुझाव छ ।

ठुलो बार लगाएर वन्यजन्तु छिर्ने नमिल्ने बनाउनु पर्ने जुन चाही दिगो हुने स्थानीयको निकुञ्जमा यस्ता खालको सुझाव दिने गरेका छन् ।

वालीनाली मात्र नभएर वन्यजन्तुको आक्रमण पनि अर्को मुख्य चुनौती रहेको छ । जतिखेर पनि वन्यजन्तुबाट आक्रमण हुन सक्ने अवस्था यस ठाउँमा रहेको स्थानीवासीले बताए।

यस स्थानमा वन्यजन्तुको आक्रमण कति खेर गर्ने हो भनेर मानिसहरू डर त्रासमा बाचिरहेका छन् । उनीहरू बेलुकाको खाना चाडो खाएर भाडा नि नमाझि भित्र छिर्ने गरेको अनुभव सुनाए । पछिल्लो समय वन्यजन्तुको सङ्ख्या बढेर मानव र वन्यजन्तुको द्धन्द्ध दिनदिनै बढिरहेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले एक साता अघि सुन्दरीजलस्थित श्री ओखरेनी माध्यमिक विद्यालयमा ४२ जना बँदेल पीडितलाई राहत वितरण गरेको थियो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुर्जाे पुनले वन्यजन्तु पीडितलाई पूनरुपमा क्षतीको राहत दिन नसकेपनि राहतले वन्यजन्तु संरक्षणमा स्थानीय सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।

बँदेलले नोक्सानी गरेमार्फत स्थानीयले सात हजार पाँच सय सम्म राहत प्राप्त गरेका थिए । बँदेल अथवा बँदेल सुँगुर जस्तो देखिने एक जंगली जनावर हो । बँदेललाई बराह, अथवा वन सुँगुर भनेको पनि सुनिन्छ ।

कसैले यसलाई कतर्नो (कपडा काट्ने कैंची)जस्तो दाँत भएकोले यसलाई कतर्ने पनि भन्छन् । यो मुख्यतया एसिया तथा युरोपका भूभागमा पाइन्छ भने अफ्रिका, अस्ट्रेलिया र अमेरिकामा पनि कतै कतै पाइने गर्छ ।बँदेल तराइ पहाड सबै ठाउँमा पाइने जनावर हो ।

सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics