देशभरिकै मौसममा बदली : हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

मौसम परिवर्तनका कारण काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा शनिबार बिहानैदेखि अँध्यारो हुने गरि कालो बादल देखिएको छ।

पश्चिमी वायु, पूर्वमा बनेको न्यूनचापीय क्षेत्र, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण देशभरिकै मौसम बदली भई केही ठाउँमा मेघ गर्जनसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ  ।

देशको मध्य तथा पश्चिमको केहि भूभागमा बिकशित प्रणालीका कारण उपत्यका लगायत देशका धेरै जसो स्थानहरुमा मेघ गर्जन तथा चट्टयांग सहित वर्षाले निरन्तरता हुने महाशाखाले जनाएको  छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान ः

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics