जरायोको सिङ सहित पक्राउ



पर्साको पटेर्वा सुगौली गाउँपालिका १ का ३९ वर्षीय उमेश सहनीलाई प्रतिबन्धित जरायोको सिङ १ थान सहित प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सहनीको घरमा तलासी गर्दा उक्त जरायोको सिङ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics