हात्तीको दाह्रा सहित दुई जना पक्राउ



मध्यपुर थिमि नगरपालिका वडा नम्बर–१, कौशलटारबाट प्रहरीले हात्तीको दाह्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका ४ घर भई हाल काठमाण्डौ स्वयम्भू सानो भ¥याङ बस्ने ३० वर्षीय रुपेश खड्का र गुल्मी रुरु गाउँपालिका ५ घर भई हालस्वयम्भु सानो भ¥याङ बस्ने २३ वर्षीय भाष्कर पौडेल रहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले २५० ग्रामको हात्तीको दाह्रा बिक्रीका लागि लैजाँदै गरेको अबस्थामा एकथान हात्तीको दाह्रासहित पक्राउ गरी अनुसन्धान सुरु गरेको उनले बताए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics