रेडपाण्डाको छाला सहित पक्राउ

 



काठमाडौं महानगरपालिका –२६ गोगंबुस्थित पाण्डे लुम्बिनी भोजनालयबाट संरक्षित बन्यजन्तु रेड पाण्डाको छाला १ थान सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

उक्त भोजनालयमा लुकाई छिपाई झोलामा रेडपाण्डाको छाला राखिएको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुगु रारा नगरपालिका–१२ घर भई हाल ललितपुर चापागाँउ बस्ने ३२ वर्षीय रुप बहादुर बुढा रहेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics