मृत अवस्थामा भेटियो चितुवा


काठमाडौंको कागेश्वरी मनोहरामा एउटा चितुवा मृत अवस्थामा फेला परेको छ । विद्युतिय ट्रान्समिटरमा च्यापिएको अवस्थामा फेला परेको चितुवा करेन्ट लागेर मरेको हो ।

मंगलबार विहान कागेश्वरी महोहरा नगरपालिका–१ गागलफेदीको ट्रान्समिटरमा चितुवा च्यापिएको देखेपछि स्थानीयले वनकर्मी र सुरक्षा निकायलाई खवर गरेका थिए । खवर आए लगत्तै उद्धारका लागि गोकर्ण सब डिभिजन कार्यालको टोली पुग्दा चितुवा मरिसकेको भेटिएको गोकर्ण सब डिभिजन कार्यालयल जनाएको छ ।

गोकर्ण सब डिभिजन कार्यालयका अनुसार चितुवाको शरिरमा कहिँकतै चोटपटक नदेखिएकाले करेन्ट लागेर मरेको हो । साढे ५ फिट लम्बाईको पोथी चितुवा १ वर्ष उमेर आसपासको भएको अनुमान गरिएको छ ।

मृत चितुवालाई स्थानीयको रोहवरमा गोकर्ण वन कार्यालय परिसरमा गाडिएको छ । घटनास्थल नजिकै ईश्वरी सामुदायिक वन समुह रहेकाले सो वन हुँदै चितुवा आहराको खोजीमा वस्ती पसेको आशंका गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics