स्नातक पुरा गर्न १० विरुवा रोप्नुपर्ने


फिलिपिन्समा स्नातक पुरा गर्नको लागि अनिवार्य रुपमा १० विरुवा रोप्नु पर्ने फिलिपिन्स सरकारले कानुन व्यवस्था गरेको छ। यसको कारण यस्तो छ( फिलिपिन्सको ७० प्रतिशत वनजंगल क्षेत्र अहिले घटेर २० प्रतिशत मात्र बाँकी छ।

त्यसैले अहिले फेरि जंगल मासिएको भूभाग हरियोपरियो बनाउन सरकारले नयाँ कानुन बनाएको छ, यसअनुसार स्नातक पूरा गर्न विद्यार्थीले कम्तीमा १० वटा विरुवा रोप्नै पर्छ। यसबाट सरकारले ५ खर्ब २५ अर्ब विरुवा रोप्ने लक्ष्य छ। तर, यसरी रोपिने विरुवमध्ये १० प्रतिशतजति मात्र जोगिन्छन्।

अर्थात् त्यति विरुवा रोप्दा साढे ५२ करोड हुर्किनेछन्। फिलिपिन्समा बर्सेनी ५० लाख हाइस्कुलबाट र ५ लाख विद्यार्थी स्नातक उत्तीर्ण हुन्छन्। नयाँ कानुन लागू गर्ने जिम्मेवारी सरकारले शिक्षा विभाग र उच्च शिक्षा आयोगलाई दिएको छ।

 

स्रोत -एजेन्सी 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics